२०८३ बैशाख ६ गते , आईतबार

प्रहरीको मोटरसाइकल लिएर कारागारका नाइके फरार

sajilo news
परिवेश मिडिया
२०७८ पौष १० गते , शनिबार
प्रहरीको मोटरसाइकल लिएर कारागारका नाइके फरार

दाङ घोराही कारागारका नाइके जयराम परियार प्रहरीको मोटरसाइकल लिएर फरार भएको पाइएको यसअघि प्रहरीले अस्पतालबाट भागेका भनिएका परियार रेष्टुराँबाट नास्ता खाने क्रममा भागेको तथ्य फेला परेको हो

परियारलाई प्रहरी जवान धनबहादुर चौधरीले आफ्नै लु ३४ ४१० नम्बरको मोटरसाइकलमा राखेर उपचार गराउन भनेर बिहीबार बिहान ११ बजेतिर अस्पताल हिँडाएका थिए

तर, अस्पताल नपुग्दै उनीहरू रेष्टुँरामा नास्ता खान पसेको त्यही मौका छोपी परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लगेर भागेको जानकारी दिइएको

घोराहीस्थित प्याडाइज रेष्टुराँमा नास्ता खाने क्रममा परियार भागेको सिसिटिभी फुटेजमा देखिएको प्रहरीले परियार भागेको दृश्य कैद भएको फुटेज लगिसकेको

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले फुटेज हेर्दा चरम लापरबाही देखिएको बताए सरासर अस्पताल नलगेर रेष्टुराँमा नास्ता खान लगिनुले चरम लापरबाही मिलेमतो स्पष्ट रुपमा देखिन आएको एसपी काफ्लेले टिप्पणी गरे हामी अनुसन्धान पूरा गरेपछि तथ्य कुरा सार्वजनिक गर्छौं,’ एसपी काफ्लेले भने, ‘दोषी जोकोही भए पनि हामी कसैलाई छोड्दैनौं

कर्तव्य ज्यानमुद्दामा साढे वर्ष कैद भुक्तान गरिसकेका नाइके परियारलाई उपचारका लागि भनेर अस्पताल लैजाँदा हतकडी पनि लगाइएको थिएन

यसअघि प्रहरीले अस्पतालबाट परियार भागेको जानकारी दिएको थियो

स्रोतका अनुसार कारागारका नाइकेलाई हतकडी लगाउने चलन छैन

प्रहरीले शुक्रबार मात्रै परियारले भाग्न प्रयोग गरेको मोटरसाइकल लमही बजारभन्दा केहीमाथि जंगलमा फेला परेको जानकारी दिएको

प्रहरीले फरार परियारको खोजी तीब्र पारिएको तथा भारत प्रवेश गर्ने नाकाहरू पनि सिल गरिसकेको बताएको

सम्बन्धित समाचार