२०८३ बैशाख ६ गते , आईतबार
झापाबाट ८ केजी बढी गाँजासहित एक जना पक्राउ
बिर्तामोड । झापाको दमक १ बरगाछीस्थित रतुवा खोलाको बगरबाट प्रहरीले ८ केजी १६० ग्राम लागू औषध -गाँजा_ सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले माङ्सेबुङ् १ का ४६ बर्षीय वीरकुमार राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अस्थाइ प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी टोलीले शंका लागि राईको शरिर चेकजाँच गर्दा उनको साथमा रहेको दुईवटा झोलाबाट उक्त परिमाणमा गाँजा फेला पारेकाले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखिएको र अदालतबाट म्याद थप गरि कानूनी प्रक्रिया अगाडी बढाइने जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।