२०८३ बैशाख ६ गते , आईतबार
कांग्रेस महामन्त्री शर्मा वरीयताको ५औँ नम्बरमा
झापा । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्व प्रकाश शर्मा पार्टीको वरीयतामा ५औँ नम्बरमा परेका छन् । सभापति शेरबहादुर देउवाले महामन्त्री शर्मालाई वरीयताको ५औँ नम्बरमा राखेका हुन् ।
सभापति देउवाले आफूपछि क्रमशः उपसभापतिहरु पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मालाई वरीयताक्रममा राखेका छन् ।
युवा नेताद्वय थापा र शर्मा कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका थिए । विद्यार्थी राजनीतिमा शर्मा थापाभन्दा अगाडी भएपनि पार्टीमा थापा शर्माभन्दा अगाडी थिए । पार्टीको १२ र १३औँ महाधिवेशनमा नै गगन थापा केन्द्रीय सदस्य भएका थिए भने विश्व प्रकाश शर्मा १३औँ महाधिवेशनबाट मात्र केन्द्रीय सदस्य भएका थिए ।
कांग्रेसको १४औँ महाधिवेशनबाट १३४ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।