२०८३ बैशाख ६ गते , आईतबार

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आजदेखि शुरु

sajilo news
परिवेश मिडिया
२०७८ पौष ११ गते , आईतबार
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आजदेखि शुरु

काठमाडौं नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंको प्रज्ञा भवनमा सुरु हुँदैछ सम्मेलन दिउँसो बजे कलादीस्थित प्रज्ञा भवनमा उद्घाटन हुन लागेको हो

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको रुपमा सबै तयारी गरेपनि अन्तिम अवस्थामा सम्मेलनलाई ८औं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको शनिबार बसेको स्थायी समिति बैठकले सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने प्रस्ताव गरेको हो उक्त प्रस्तावलाई आज बिहान बजे बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नेछ

सम्मेलनमा सहभागी हुने माओवादीका प्रतिनिधिहरू काठमाडौं आइसकेका छन्

सम्मेलनमा १६०० बढीको हाराहारीमा प्रतिनिधि सहभागी हुनेछन् १४८३ नियमित प्रक्रियाबाट छानिएका १० प्रतिशत अर्थात १४८ जना मनोनीत प्रतिनिधि सहभागी हुनेछन्

आयोजक समितिबाट १७९, सल्लाहकारबाट १४९, ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ प्रदेश प्रतिनिधिबाट ८०३ राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन्

सम्मेलनबाट १५ सदस्यीय पदाधिकारीसहित १९९ सदस्यीय नयाँ नेतृत्व पनि चयन हुनेछ हालसम्म अध्यक्षमा पुष्पकमल दाहाल नै दोहोरिने निश्चित जस्तै उपाध्यक्ष, महासचिव सचिवलगायतका पदहरूमा भने आकांक्षी बढेका छन्

सम्बन्धित समाचार