२०८३ बैशाख ६ गते , आईतबार

टिपरसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ पौष ११ गते , आईतबार
टिपरसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

बिर्तामोड । उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सुन्दरपुरमा टिपरसँग  मोटरसाईकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनाबाट त्रियुगा नगरपालिका १ का २५ बर्षीय गंगाराम चौधरीको मृत्युु भएको प्रहरीले जनाएको छ ।

बिहान ९ बजे  चौदण्डीगढी ५ को भित्री सडक खण्डमा प्रदेश १-०२-००१ क ३८९६ नम्वरको टिपरलाई स.१० प ८७९८ नम्वरको मोटर साईकलले ओभरटेक गर्ने क्रममा ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकल चालक चौधरीको घटना स्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । प्रहरीका अनुसार मोटरसाईकलको पछाडि सवार निजकी श्रीमती २४ बर्षीया संगिता चौधरी समेत घाईते भएको र फत्तेपुर अस्पतालमा उपचार भईरहेको छ ।
टिपर र चालक सुनसरी हरीपुर गाउँपालिका ८ का सुनिल दाहाललाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार