२०८३ आश्विन १७ गते , शनिबार

प्रचण्ड कै बलमा संविधानसभाबाट संविधान बनेको हो : प्रधानमन्त्री देउवा

sajilo news
परिवेश मिडिया
२०७८ पौष १२ गते , सोमबार
प्रचण्ड कै बलमा संविधानसभाबाट संविधान बनेको हो : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै बलमा संविधानसभाबाट संविधान बनेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै देउवाले ‘प्रचण्ड’ को राजनीतिक योगदानको चर्चा गरे ।

उनले भने, ‘पुष्पकमल दाहालजीले नेपालको राजनीतिमा धेरै ठुलो योगदान दिनुभएको छ । उहाँकै बलले हामी संविधानसभामा गएका हौं । संविधानसभाबाट संविधान बनाउने कुरा २००७ सालमा काँग्रेसले गरेको हो, पछिल्लो चरणमा प्रचण्डले लिएकै अडानका कारण संविधानसभाको चुनाव भएको हो ।’

उनले पाँच दलीय गठबन्धन कसैको विरुद्धमा नरहेको पनि प्रस्ट पारे । अहिलेको संविधान अन्तर्गत संसद पूरा समय चलोस् भन्ने पुनीत उद्धेश्यले गठबन्धन निर्माण भएको उनको भनाइ थियो । उनले गठबन्धन पूरा समय चल्ने भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतलाई यो गठबन्धन आफूविरुद्ध बनाइएको हो कि भन्ने शंका नगर्न पनि आग्रह गरे 

सम्बन्धित समाचार