एमालेको बहुमतलाई कसैले छेक्न सक्दैन : अध्यक्ष ओली
दमक । आगामी निर्वाचनमा नेकपा (एमाले) ले बहुमत ल्याउने पार्टी अध्यक्ष केपी शर्मा ओलीले दाबी गरेका छन् । देशभरी एमालेको पक्षमा जनलहर आएकाले एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न नसक्ने उनले बताए ।
झापाको दमक नगरपालिका–३ दापगाछीमा निर्माणाधिन निर्माणाधिन भ्यूटावरको अवलोकनपछि अध्यक्ष ओलीले एमालेले गरेको कामलाई देखेर जनताले फेरि तीनै तहको निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत दिएर जिताउने बताए । ‘एमालेलाई देशी, विदेशी शक्तिले सत्ताबाट हटाएको हो’, उनले भने, ‘अब जनताले बहुमत दिएर एमालेलाई फेरि सिंहदरबारमा पुर्याउँछन् ।’
शनिबार गृह जिल्ला आएका अध्यक्ष ओली सोमबारसम्म दमकमा रहने बताइएको छ । झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अध्यक्ष ओलीले आइतबार र सोमबार आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ ।