२०८३ बैशाख ६ गते , आईतबार

इलाम झापा मैत्री समाज बिर्तामोडको साधारण सभा सम्पन्न

sajilo news
परिवेश मिडिया
२०७८ पौष १२ गते , सोमबार
इलाम झापा मैत्री समाज बिर्तामोडको साधारण सभा सम्पन्न

बिर्तामोड इलाम झापा मैत्री समाज बिर्तामोड नगर समितिको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको सोमबार झापाको धनुषकोटी धाममा भएको साधारण सभामा मैत्री समाजले गरेका बिभिन्न सामाजिक कार्यहरुको विषयमा जानकारी गराइएको थियो

इलाम झापा मैत्री समाज बिर्तामोडकी अध्यक्ष तिलोत्तमा खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक नरेश कर्माचार्य, पूर्व अध्यक्ष श्याम खड्गी, इलाम झापा मैत्री समाज जिल्ला समिति उपाध्यक्ष देविका बस्नेत, कोषाध्यक्ष गजेन्द्र पौडेल, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) झापाकी जिल्ला सहसचिव इश्वरा श्रेष्ठ, बिर्तामोड की वडा सदस्य कविता थापा लगायतको आतिथ्यतामा भएको कार्यक्रममा इलाम झापा मैत्री समाजले इलामेली नागरिकका लागि गरेका कामका विषयमा चर्चा गरिएको थियो
इलाममा जन्मिएर बिर्तामोडमा अस्थायी तथा स्थायी रुपमा बसोवास गरिरहेकाहरुलाई संगठित गर्दै आफनो जन्मथलो प्रति उत्तरदायी बनाउने उद्देश्यले समाज गठन भएको बताइएको

कार्यक्रममा समाजको हित प्रबर्धनका लागि अहोरात्र लागिपरेको भन्दै सागर रिजाल नरेश कर्माचार्यलाई सम्मान गरिएको थियो

साधारण सभा सँगै बनभोज समेत आयोजना गरिएको कार्यक्रममा समाजका सचिव दिनेश भट्टराईले स्वागत गरेका थिए भने सञ्चालन सागर रिजाल धनन्जयले गरेका थिए

 

सम्बन्धित समाचार