२०८३ आश्विन १७ गते , शनिबार

इलामको उच्च पहाडी क्षेत्रमा हिमपात हुँदा जनजीवन प्रभावित

sajilo news
परिवेश मिडिया
२०७८ पौष १३ गते , मंगलबार
इलामको उच्च पहाडी क्षेत्रमा हिमपात हुँदा जनजीवन प्रभावित

इलाम । इलाम जिल्लाको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगात स्थानमा शनिबार बेलुकीदेखि हिमपात भएको हो । हिमपातसँगै जनजीवन प्रभावित बनेको छ ।

सन्दकपुर गाउँपालिकाको सन्दकपुर, जौबारी र कालपोखरी र गैरीबास इलाम नगरपालिकाको पाटेनागीलगायत स्थानमा वर्षासहित हिमपात भएको छ ।

हिउँ परेपछि सदरमुकामलगायत वरपरका बासिन्दा हिउँ खेल्न गएका छन् । हिमपातका कारण चिसो बढेकाले जिल्लाका उच्च पहाडी क्षेत्रको जनजीवन कष्टकर भएको छ । सदरमुकामलगायतका ठाउँमा पनि चिसो बढेको छ ।

हिउँ परेको क्षेत्रमा गाईवस्तुलाई घाँस खुवाउन र बाहिरको काम गर्न समस्या भएको सन्दकपुर गाउँपालिकाका दिनेश ढकालले जानकारी दिए । उच्च पहाडी क्षेत्रमा हिमपात भएसँगै दैनिक कामकाजमा पनि समस्या भएको उनको भनाइ थियो ।

सम्बन्धित समाचार