२०८३ बैशाख ६ गते , आईतबार
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
बिर्तामोड । झापाको झापा गाउँपालिका ३ रुहीमारी स्थित मुखियाटोलमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा परि चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा अन्दाजी २५ वर्षीय सुनिल हेमरम रहेको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो करिब ३ः३० बजे ट्याक्टर अनियन्त्रित भई पल्टिँदा घटना भएको र घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।