२०८३ बैशाख ६ गते , आईतबार

मजदुर संगठनद्वारा मृगौला पिडित सुवेदीलाई आर्थिक सहयोग

sajilo news
परिवेश मिडिया
२०७८ पौष १५ गते , विहीबार
मजदुर संगठनद्वारा मृगौला पिडित सुवेदीलाई आर्थिक सहयोग

काँकरभिट्टा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगरले दुवै मृगौला खराब भई उपचार गराईरहेका मेचीनगर निवासी मानबहादुर सुवेदीलाई आर्थिक सहयोग प्रदान गरेको संगठनले सुवेदीलाई चालिस हजार २५० रुपैयाँ सहयोग गरेको हो

लामो समयदेखि मृगौलामा समस्या भई डाइलाइसिस गराइरहेका सुवेदीको मृगौला प्रत्यारोपणका लागि सहयोग पुर्याउने उद्धेश्यले संगठनका सदस्य तथा कोषको केही रकम संकलन गरेर सो रकम प्रदान गरिएको संगठनका मेचीनगर अध्यक्ष खडानन्द भण्डारीले बताए

त्यसैगरी संगठनले हालै मृत्युवरण गरेका यातायात मजदुर पारस राईको परिवारलाई समेत राहत उपलव्ध गराउने भएको

संगठनले राईको परिवारलाई १७ हजार २५० रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष भण्डारीले जानकारी दिए

लामो समयदेखि मजदुर क्षेत्रमा कार्यरत राईको हालै पोखरामा निधन भएको थियो उक्त रकम केही दिनमा परिवारलाई हस्तान्तरण गरिने उनले बताए

सम्बन्धित समाचार