२०८३ बैशाख ६ गते , आईतबार

राष्ट्रिय सभा सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरु

sajilo news
परिवेश मिडिया
२०७८ पौष १७ गते , शनिबार
राष्ट्रिय सभा सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरु

काठमाडौं राष्ट्रिय सभामा सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरू हुने भएको आगामी माघ १२ गते १९ जना सदस्यका लागि हुने मतदानका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरु गरिने निर्वाचन आयोगले जनाएको

आजदेखि शुरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत  पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली, निर्वाचन चिह्न दिने कार्यक्रम निर्वाचन आचारसंहिता लागू हुने आयोगले जनाएको

आयोगले निर्वाचन अधिकृत नियुक्त गर्नुका साथै मतदान स्थल केन्द्र पनि तय गरिसकेको

मतदानका लागि आठ वटा मतदानस्थल १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको यसैगरी निर्वाचनमा भाग दिन १२ दल दर्ता भएका छन्

आयोगले प्रतिनिधिसभा निर्वाचनमा दलले पाएको समानुपातिक मतका आधारमा राष्ट्रियसभा निर्वाचनको मतपत्रमा चिह्नको प्राथमिकता निर्धारण गर्ने भएको

आगामी फागुन २० मा एमालेका आठ, कांग्रेसका तीन, एकीकृत समाजवादीका चार राष्ट्रपतिबाट मनोनित एक जनाको कार्यकाल सकिने संघीय संसद सचिवालयले जनाइसकेको

राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहमा १४९३ जना प्रदेश सभामा ५३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता रहेको आयोगले जनाएको

 

 

सम्बन्धित समाचार