२०८३ बैशाख ६ गते , आईतबार

ताप्लेजुङमा हिउँमा फसेका बाबुछोरा सम्पर्कविहीन

sajilo news
परिवेश मिडिया
२०७८ पौष १७ गते , शनिबार
ताप्लेजुङमा हिउँमा फसेका बाबुछोरा सम्पर्कविहीन

ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका पापुङमा चार दिनदेखि हिउँमा फसेका बाबुछोरा यतिबेला सम्पर्कविहीन बनेका छन् अल्टिच्युट एयर कम्पनीको हेलिकोप्टर उनीहरूलाई उद्धार गर्न गएपनि सम्पर्कविहीन भएसँगै उद्धार हुन नसकेको हो

अन्दाजी ५०५५ वर्षका लाक्पाटासी उनका १४१५ वर्षीय छोरा पासाङ शेर्पा हिउँमा फसेका हुन् उनीहरुले शनिबार बिहान मिक्वाखोला गाउँपालिका का वडाध्यक्ष डण्डु शेर्पालाई फोनमार्फत उद्धारका लागि हेलिकप्टर पठाइदिन आग्रह गरेका थिए सोहीअनुसार बिहान ११ बजे ताप्लेजुङको सुकेटारबाट उद्धारका लागि हेलिकोप्टर गएको दुई घण्टा होल्ड गर्दा पनि उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको बाबुछोरा शुक्रबार मात्र टेलिफोन सम्पर्कमा आएको वडा अध्यक्ष शेर्पाले बताए चौँरीसँगै हिउँपहिरोले बगायो तर ओडार भेटेर बसेका छौँ हामी निस्कन नसक्ने भयौँ,’ भन्दै हेलिकोप्टरबाट निकालिदिन आग्रह गरेको शेर्पाले बताए

सम्पर्कविहीन भएपछि अहिले हेलिकोप्टर सुकेटार विमानस्थलमा होल्ड गरी राखिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए पैदल मार्गमार्फत उद्धारको लागि जानेहरू पनि बाक्लो हिउँ जमेकाका कारण आधा बाटोबाटै फर्केको शेर्पाले बताए

 

सम्बन्धित समाचार