२०८३ बैशाख ६ गते , आईतबार
खैरो हिरोइनसहित मोरङका युवा झापामा पक्राउ
बिर्तामोड । प्रतिबन्धित लागूऔषध खैरो हिरोइनसहित काँकरभिट्टाबाट एक युवक पक्राउ परेका छन् । लागूऔषध खैरो हिरोइन ४४ ग्रामसहित आइतबार ४ बजे रतुवामाई नगरपालिका ५ का २६ बर्षीय लावनहाङ राईलाई प्रहरीले पक्राउ गरेको हो ।
राईलाई जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण व्युरो काँकरभिट्टाको संयुक्त टोलीले काँकरभिट्टा बसपार्कबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर अनुसन्धान भइरहेको र अदालतबाट म्याद थप कानुनी प्रकृया अगाडि बढाइने जिप्रका झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।