२०८३ बैशाख ६ गते , आईतबार

मंगलबारपनि दोहोरो अंकले बढ्यो नेप्से

sajilo news
परिवेश मिडिया
२०७८ पौष २० गते , मंगलबार
मंगलबारपनि दोहोरो अंकले बढ्यो नेप्से

काठमाण्डौ नेपाल स्टक एक्सचेञ्ज -नेप्सेलगातार तेस्रो दिन दोहोरो अंकले बढेको साताको पहिलो कारोबार दिन आइतबारदेखि नै बढ्न थालेको नेप्से परिसूचक हिजो सोमबार आज मंगलबारसम्म पनि दोहोरो अंकले बढेको हो

नेप्सेमा आइतबार ६० अंकको सुधार आएको थियो हिजो सोमबार ३२ अंकले बढेको थियो भने आज मंगलबार ६३ अंकले बढेको यससँगै पछिल्लो तीन कारोबार दिनमा नेप्से परिसूचक १५५ अंकले बढेको

आज ६३ अंकले बढेको नेप्सेमा चार अर्ब ३२ करोड रुपैयाँ बराबरको ९१ लाख १० हजार कित्ता सेयर किनबेच भएको लगातार तेस्रो दिन दोहोरो अंकले बढेपछि नेप्से परिसूचक २६ सय ७९ अंकमा पुगेर रोकिएको खासगरी, नेपाल राष्ट्र बैंकले गरेको पछिल्लो दुई वटा निर्णयले बजारमा सकारात्मक सन्देश प्रवाह भएको हो

राष्ट्र बैंकले स्थानीय तहको ८० प्रतिशत बजेटलाई बैकिङ तरलतामा गणना गर्न वाणिज्य बैङ्कहरूलाई स्वीकृति दिएसँगै बजारमा तरलता अभावको संकट सुधारिन थालेको यस्तै, विदेशबाट भित्रिने सामानको आयातमा समेत राष्ट्र बैंकले कडाइ गरेको यससँगै नेपालको अनियन्त्रित आयात रोकिने बजारको तरलता अभाव कम हुने आँकलन गरिएको केन्द्रीय बैंकको यी दुई वटा निर्णयले सेयर बजार सुधारिन थालेको हो

परिसूचक ६३ अंकले बढे पनि उत्पादनमूलक अन्य समूहमा भने गिरावट आएको उत्पादनमूलक समूहमा ४२ अंकको अन्य समूहमा अंकको गिरावट आएको हो यीबाहेक अन्य समूहमा भने उत्साहजनक सुधार आएको विकास बैंक समूहमा सबैभन्दा बढी २३२ अंकको, जीवन बीमा समूहमा १६० अंकको लघुवित्त समूहमा ९१ अंकको सुधार आएको

 

सम्बन्धित समाचार