२०८३ बैशाख ६ गते , आईतबार

इलाका प्रहरी कार्यालय अनारमनीद्वारा नक्कली मल नष्ट

sajilo news
परिवेश मिडिया
२०७८ पौष २१ गते , बुधबार
इलाका प्रहरी कार्यालय अनारमनीद्वारा नक्कली मल नष्ट

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले नक्कली मल नष्ट गरेको छ । कार्तिक २९ गते कन्काई ४ कामाटोलीबाट बरामद गरेको नक्कली मल बुधबार इलाका प्रहरी कार्यालय परिसरमा खाल्डो खनेर नष्ट गरेको प्रहरीले जनाएको छ । 
कामाटोलीका तिलक पौडेलको घर पछाडीको खाली जमिनमा धुलो नुनमा रंग मिसाएर नक्कली पोटास मल बनाएर बिक्री गर्न लागिएको भन्ने विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट गएको टोलीले खाने धुलो नुनमा रंग मिसाएर पोटास जस्तो देखिने पदार्थ तयार गरी बिक्री गर्न लागेको फेला पारेको थियो । घटनास्थलबाट प्रहरीले बिक्रीका लागि तयार गरिएको मल जस्तो देखिने बस्तु १३ बोरा, खाने नुन २ बोरा, नुनमा मिसाउन प्रयोग गरिएको रंग ८ पोका र मिसाउनका लागि भुइमा राखिएको मल जस्तो देखिने बस्तु २ बोरा बरामद गरेको थियो । 
उक्त परिमाणको बरामद भएको बस्तु बुधबार बिर्तामोड नगरपालिका वडा नम्बर ५ का जनप्रतिनिधि लक्ष्मीप्रसाद बास्कोटासमेतको उपस्थितिमा नष्ट गरिएको इप्रका अनारमनीका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए ।

 

सम्बन्धित समाचार