२०८३ बैशाख ६ गते , आईतबार

लाइसेन्सको लागि आवश्यक निरोगिताको प्रमाण पत्र अनलाइनबाट जारी हुने

sajilo news
परिवेश मिडिया
२०७८ पौष २१ गते , बुधबार
लाइसेन्सको लागि आवश्यक निरोगिताको प्रमाण पत्र अनलाइनबाट जारी हुने

बिर्तामोड सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवश्यक निरोगिताको प्रमाण पत्र अनलाइनबाट जारी हुने भएको यातायात ब्यवस्था कार्यालय झापाले पुस २२ गते विहिबारदेखि लागू हुनेगरी सो ब्यवस्था गरेको हो
कार्यालयले स्वास्थ्य परिक्षण गरि अनलाइन प्रणालीबाट निरोगिताको प्रमाण पत्र जारी गर्नका लागि डाक्टर अपुर्वकुमार मिश्रसँग पुस २१ गते सम्झौता गरेको यातायात ब्यवस्था कार्यालय झापाका निमित्त कार्यालय प्रमुख हरिप्रसाद लामिछानेले जानकारी दिए
लामिछानेले अब यसअघि म्यानुअल जारी भैरहेका कुनै रिपोर्ट मान्य नहुने बताए मिश्रसँग स्वास्थ्य परिक्षण गरेबापत प्रतिब्यक्ति एकसय रुपैयाँमात्र शुल्क लिने गरि सम्झौता भएको लामिछानेले जानकारी दिए यस अघि सामान्य आँखाको मात्र जाँच गरेर सम्पूर्ण स्वास्थ्य ठिक भएको रिपोर्टमा डाक्टरको छाप हानेर निरोगिताको प्रमाण पत्र जारी हुँदै आएको थियो तर, अब शारीरिक परिक्षण गरेर मात्र प्रमाण पत्र जारी हुने लामिछानेको भनाई

सम्बन्धित समाचार