२०८३ बैशाख ६ गते , आईतबार

आगलागीमा परि एक जनाको मृत्यु १२ जना घाइते

sajilo news
परिवेश मिडिया
२०७८ पौष २२ गते , विहीबार
आगलागीमा परि एक जनाको मृत्यु १२ जना घाइते

बिर्तामोड झापाको मेचीनगर पिपलचोकमा वुधबार साँझ भएको आगलागीमा परि एक जनाको मृत्यु भएको आगो निभाउने क्रममा अन्य १२ जना घाइते भएको प्रहरीले जनाएको

पिपल चोकस्थित केशव पाठकको कच्ची घरमा आगलागी हुँदा निभाउने क्रममा मेचीनगर बस्ने ४५ बर्षीय शारद राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको आगलागीबाट घाइते भएका राजवंशीलाई उपचारका लागि धुलावारीस्थित एन्जल मेडिकल पुर्याउनसाथ मृत्यु भएको थियो

कार्यालयका प्रवक्ता वसन्त पाठकका अनुसार घरमा कोहि नभएको समयमा अचानक आगलागी भएर ग्यास सिलिण्डर पड्कँदा आगो निभाउन गएका सोहि स्थानका ४० बर्षीय लेखनाथ तिमल्सिना, बिर्तामोड का २९ बर्षीय गोविन्दप्रसाद राजवंशी, मेचीनगर का ३२ बर्षीय दिपेन्द्र कार्की, ३८ बर्षीय चन्दन गौतम, ४० बर्षीय सुबलाल राजवंशी, ३५ बर्षीय विनोद गिरी, ३५ बर्षीय नवराज श्रेष्ठ, २३ बर्षीय सन्देश बोहोरा, ३६ बर्षीय निर्मल शर्मा मेचीनगर बस्ने ३४ बर्षीय हरी विक घाइते भएको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको त्यस्तै, मेचीनगर का ४० बर्षीय भवानीशंकर न्यौपानेको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको भने मेचीनगर बस्ने अर्जुन अधिकारीको छोरी बर्षीया शुसिला अधिकारीको स्थानीय शाही सुमिरन मेडिकल इटाभट्टामा उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जनाएको

पाठकको घरमा रामेछाप घर भएका कुमार पाण्डे भाडामा बस्दै आएको आगलागीको कारण खुल्न बाँकी रहेको प्रवक्ता पाठकले बताए

मेचीनगर नगरपालिकाको दमकल, प्रहरी स्थानीयबासीको सहयोगमा राती १०ः२० मा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको  

सम्बन्धित समाचार