२०८३ बैशाख ६ गते , आईतबार

संक्रमण बढे स्मार्ट लकडाउन गरिने, बुष्टर खोप अघि बढाउने अनुमति

sajilo news
परिवेश मिडिया
२०७८ पौष २३ गते , शुक्रबार
संक्रमण बढे स्मार्ट लकडाउन गरिने, बुष्टर खोप अघि बढाउने अनुमति

काठमाण्डौ प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सङ्क्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् शुक्रबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आफू संयोजक रहेको कोभिड१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) निर्देशक समितिको बैठक बोलाई प्रधानमन्त्री देउवाले ओमिक्रोन भेरियन्टको सङ्क्रमण बढ्न नदिन सङ्क्रमितहरूको उपचारमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्

त्यस अवसरमा उनले यसको सङ्क्रमण दर बढ्न नदिन सीमा नाकाहरूलाई चुस्तदुरुस्त बनाउन सङ्क्रमितहरूको खाना बस्नको आवश्यक व्यवस्था मिलाउन पनि सचेत गराउनु भयो सङ्क्रमितहरूको परीक्षण, उनीहरूको उपचारको व्यवस्था कोभिडविरुद्धको खोप लगाउने कामलाई पनि अझ तीव्रता दिन प्रधानमन्त्रीबाट निर्देशन भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए बैठकले संघीय सरकारले बेहोर्नेगरी सङ्क्रमितहरूको उपचार खर्च तत्कालका लागि भने स्थानीय सरकारले बेहोर्ने विषयमा पनि छलफल गरेको मन्त्री खतिवडाले भने, ‘कोभिडको विषयमा केन्द्रित भएर छलफल भयो ओमिक्रोनको बढ्ने लहरको विषयमा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा कुरा भयो नाकाहरूलाई कसरी अझ चुस्तदुरुस्त बनाउने अनि एन्टिजेन परीक्षण गर्दा देखिएका बिरामीहरूको कसरी आईसोलेशनको व्यवस्था गर्ने, देखिएका बिरामीहरूको थप परीक्षण बढाउने कुराहरू, उनीहरूको खाने, बस्ने सुविधाका कुराहरू यी सबै पक्षमा कुरा भएको खोप लगाउन अझ तीव्रता दिने चाँडै नै बुष्टर खोपमा पनि जाने भन्ने छलफल भयो प्रधानमन्त्रीबाट पनि त्यहीँ निर्देशन भयो

बैठकमा कोभिड भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमणदर बढ्दै गएमा छिट्टै अर्को बैठक बोलाएर स्मार्ट लकडाउन गर्ने विषयमा पनि छलफल भएको सङ्क्रमितहरूको सङ्ख्या बढेर गएमा भिडभाड हुने सिनेमा हल, हिउँदे बिदालाई ध्यानमा दिएर विद्यालयहरू बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा पनि छलफल गरिएको मन्त्री खतिवडाले बताए बैठकले तेस्रो चरणको बुष्टर खोप पनि अघि बढाउने अनुमति दिएको

सम्बन्धित समाचार