२०८३ बैशाख ५ गते , शनिबार
एमाले झापाको पदाधिकारी सर्वसम्मत चयन
नेकपा एमाले झापाको पदाधिकारी सर्वसम्मत चयन भएको छ । नेकपा एमालेको १०औँ जिल्ला अधिवेशनले पदाधिकारी सर्वसम्मत चयन गरेको हो । अधिवेशनबाट अध्यक्ष दिपक कार्की, उपाध्यक्ष प्रेम गिरी, सचिव शिव ढुङ्गेल र उपसचिवद्वय चन्द्रा श्रेष्ठ र असारु राजवंशी चयन भएका छन् ।
उपाध्यक्ष पदका लागि गोपाल बुढाथोकीले उम्मेदवारी दिएपनि पछि फिर्ता गरेका थिए ।
एमालेको १५० सदस्यीय जिल्ला समितिमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गराइने भएकाले बाँकी सदस्यको बिषयमा आज आइतबार छलफल हुने बुझिएको छ ।