२०८३ आश्विन १७ गते , शनिबार

नेकपा एमाले इलाम अध्यक्षमा बस्नेत निर्वाचित

sajilo news
परिवेश मिडिया
२०७८ पौष २६ गते , सोमबार
नेकपा एमाले इलाम अध्यक्षमा बस्नेत निर्वाचित

इलाम । नेकपा एमाले इलामको १०औँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा महेश बस्नेत निर्वाचित भएका छन् । बस्नेतले निकटतम प्रतिष्पर्धी डा. देवी क्षेत्री दुलाललाई पराजित गरेका हुन ।

पुष २३ गतेदेखि शुरु भएको अधिवेशनमा सहमतिमा पदाधिकारी चयन गर्ने प्रयास असफल भएपछि निर्वाचनको प्रक्रियाबाट पदाधिकारी चयन गरिएको थियो । अध्यक्ष पदका लागि बस्नेत, क्षेत्री र नरेन्द्र भट्टराई बिच प्रतिष्पर्धा हुने बताइएपनि अन्तिममा बस्नेत र क्षेत्रीबिच प्रतिष्पर्धा भएको थियो । बस्नेतले ६९४ मत प्राप्त गर्दै निर्वाचित बने भने क्षेत्रीले ६४ मत प्राप्त गरेका थिए ।

यस्तै उपाध्यक्षमा उदय राइ ६०८ मत सहित निर्वाचित भए । उपाध्यक्ष पदका उम्मेदवार याम अधिकारीले १३७ मत प्राप्त गरे । सचिवमा उमेश गुरूङ्ले ५२७ मतसहित विजयी बने । गरुङले प्रकाश अधिकारीलाई पराजित गरेका हुन् । अधिकारीले २२२ मत प्राप्त गरेका थिए ।

त्यस्तै, सहसचिवहरु रविन्द्र सुबेदी र विष्णुमाया आचार्य निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार