यूनियन लाइफ इन्स्योरेन्सका एमडीआरटी सम्मानित
बिर्तामोड । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल अन्तर्गत एमडीआरटी बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको छ ।
सोमबार यूनियनको बिर्तामोड शाखामा आयोजित एक कार्यक्रममा एमडीआरटी २०२२ बन्न सफल ५ जना अभिकर्ता सम्मानित भएका हुन । बिर्तामोड शाखाका दिपक तुम्बापो र रिजु पाहिम, बुद्धशान्ती शाखाका सबिता ओली र राजु पाठक साथै इलाम शाखाका शिव खनाल सम्मानित भएका हुन ।
त्यस्तै कार्यक्रम कै बिच एमडीआरटीसँगै पुस महिनामा उत्कृष्ट ब्यवसाय गर्ने युनियन स्टार सबिता ओली, राजु पाठक, डबल स्टार रिजु पाहिम र ट्रीपल स्टारको रुपमा दिपक तुम्बापोलाई सम्मान गरिएको थियो । उनीहरुलाई सम्मान पत्रद्वारा सम्मानित गरिएको बिर्तामोड शाखाका प्रमुख बद्री भण्डारीले जानकारी दिए ।
एमडीआरटी २०२१ का साथै क्लब एचिभर, सिनियर एजेन्सी मेनेजर खिवराज दाहालले संचालन गरेको कार्यक्रममा कम्पनीका प्रदेश १ का प्रमुख भुपराज पराजुली, उपप्रमुख नवीन मिश्र, शाखा प्रमुखहरु बद्री भण्डारी, ओम खतिवडा, गोपाल दाहाल लगायत उल्लेख्य अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।