२०८३ बैशाख ६ गते , आईतबार

हचुमासा सामुदायिक वन अध्यक्षमा पहिलो पटक कांग्रेसका चन्द्रप्रसाद प्रसाई निर्वाचित

sajilo news
परिवेश मिडिया
२०७८ पौष २७ गते , मंगलबार
हचुमासा सामुदायिक वन अध्यक्षमा पहिलो पटक कांग्रेसका चन्द्रप्रसाद प्रसाई निर्वाचित

बिर्तामोड झापाकै ठूलो मध्येको अर्जुनधारा स्थित हचुमासा सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा चन्द्रप्रसाद प्रसाई निर्वाचित भएका छन् सोमबार भएको निर्वाचनबाट नेपाली कांग्रेस तर्फका उम्मेदवार प्रसाई ३१० मत सहित विजयी भएको निर्वाचन समितिले जनाएको अध्यक्ष पदका अन्य उम्मेदवारहरु नयनकुमार अधिकारीले २५५ विजेन्द्रकुमार एक्तेनले २४२ मत प्राप्त गरेका थिए

समितिको उपाध्यक्षमा सन्तबहादुर मगर विजयी भएका छन् मगर ३१९ मत सहित विजयी बने उपाध्यक्ष पदका अन्य उम्मेदवारहरु विश्वनाथ चम्लागाई १६१ भरतबहादुर सुब्बाले २६९ मत प्राप्त गरेका थिए

समितिको सचिवमा प्रभा नेपाल ३३३ सहित विजयी बनिन् अन्य उम्मेदवारहरु पुजा तिम्सिना खड्काले १६३ पदममाया मैनालीले २०७ मत प्राप्त गरे सहसचिवमा देउकुमार नेम्बाङ २६२ ल्याएर विजयी बने सहसचिवका अन्य उम्मेदवारहरु यामबहादुर राईले २१२ कुलबहादुर घिमिरेले १८८ प्राप्त गरेका थिए

कोषाध्यक्षमा रामसिंह लिम्बु निर्वाचित भएका छन् उनी २७६ मत सहित विजयी बनेका हुन् अन्य उम्मेदवारहरु वेदराज वाग्लेले २६९, लेखनाथ अधिकारीले ९६ रेशबहादुर एक्तेन ३९ मत प्राप्त गरे

चारजना महिला सदस्यहरु होमकुमारी गौली (गोमा) २८६, कुमारी बुर्जा मगर २७८, लिलामाया ठकुरी २६९ मिना विश्वकर्मा २५१ मत सहित विजयी बने   महिला सदस्य पदका अन्य उम्मेदवारहरु सीता आचार्य खतिवडा २२६, सुनिता थापा ११२, जमुनाकुमारी फुँयाल २०७, हरिप्रिया काफ्ले १८८, लक्ष्मी बुर्जा १०१, शान्ता लिम्बुले २०८ मत प्राप्त गरेका थिए

दलित सदस्यमा मानबहादुर विश्वकर्मा ३५६ मत ल्याएर विजयी बने अर्का दलित सदस्य टीकाबहादुर दर्जीले २२५ प्राप्त गरेका थिए

खुला पुरुषतर्फ कुमारबहादुर बस्नेत २५५ अमृतबहादुर गौली २०९ मत सहित विजयी बने अन्य सदस्यहरु प्रेमबहादुर लामिछाने १५९, रामबहादुर कडरिया ९३, खड्गबहादुर लिम्बु १४२, सुमन थापा ९६, छन्दुराम खतिवडा १०९ गोपाल खड्काले ५४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको

जनजाति सदस्य तर्फ जगतबहादुर एक्तेन ३४३ मत प्राप्त गरी निर्वाचित भए अर्का सदस्य सुमन मगरले २३३ मत प्राप्त गरेका थिए

कुल ९९५ घरधुरी उपभोक्ता रहेको वनको निर्वाचनमा ८४१ मत खसेको थियो

सोमबार बजेबाट शुरु भएको मतगणना मंगलबार विहान साढे बजे सकिएको स्थानीय नगेन्द्र काफ्लेले जानकारी दिए

वनको नेतृत्वमा पहिलो पटक कांग्रेस पुगेको हो यसअघि  वनको नेतृत्वमा एमाले हावी हुँदै आएको उपभोक्ता प्रेम निरौलाले बताए

यो निर्वाचनबाट नेकपा एमालेले सहसचिव अन्य महिला पुरुष सदस्यमात्र जितेको सहसचिव नेम्बाङ, महिला सदस्यहरु कुमारी बुर्जा मगर, मिना विश्वकर्मा पुरुष सदस्य कुमारबहादुर बस्नेत नेकपा एमालेका हुन् पदाधिकारीमा उपाध्यक्षमा विजयी मगर नेकपा माओवादी केन्द्रका हुन भने बाँकी पदाधिकारी नेपाली कांग्रेसले जितेको हो

वनका निवर्तमान अध्यक्ष वडाध्यक्षले राम्रो काम गर्न नसकेका कारण नेकपा एमालेले नेतृत्व गुमाउनु परेको स्थानीयहरु बताउँछन् नेकपा एमाललेको संख्या बढी रहेको काम गरेपनि नगरेपनि आफ्नै नेतृत्व आउने अहम्ताका कारण यो परिणाम आएको उनीहरुको भनाई

२०५४ सालमा स्थापना भएको अर्जुनधारा स्थित हचुमासा सामुदायिक वन ८७५ हेक्टर क्षेत्रफलमा फैलिएको  

सम्बन्धित समाचार