बिर्तामोडको भद्रपुर रोडमा सिसिटिभी जोडियो
बिर्तामोड । बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै बिर्तामोडको भद्रपुर सडक खण्डमा क्लोज्ड सर्किट टेलिभिजन (सिसिटिभी) जडान गरिएको छ । अधिकांश बैंक तथा बित्तीय सस्था रहेको यस क्षेत्रमा १६ वटा सिसिटिभी जडान गरिएको हो ।
अदुवा खोलादेखि मेची आँखा अस्पताल दक्षिण पेट्रोल पम्पसम्म सिसिटिभी जडान गरिएको सिसिटिभी जडान तथा व्यवस्थापन समितिका अध्यक्ष कुमार भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार यो बर्ष अन्य थप १४ वटा सिसिटिभी जडान गरिएको छ । बिर्तामोड नगरपालिकाले १४ लाख रुपैँया र तीन लाख रुपैँया स्थानीय उपभोक्ताबाट संकलन गर्ने भनिएपनि थप २ लाख लाग्न सक्ने भट्टराईको भनाई छ । गत बर्ष बिर्तामोड नगरपालिका वडा नम्बर ३ र ४ ले उपलब्ध गराएको ९ लाख रुपैयाको लागतमा बिर्ताबजार र अन्नपूर्ण चोकमा एकएक वटा सिसिटिभी जडान गरिएको उनले बताए ।
सुरक्षा व्यवस्था कायम गर्न सिसिटिभीले मदत गर्ने इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए । ढिलै भएपनि उक्त क्षेत्रमा सिसिटिभी जडान गरिएको भन्दै उनले खुशी व्यक्त गरे । सिसिटिभी जडान पश्चात सवारी दुर्घटनाका साथै अन्य अपराधिक क्रियाकलाप कम हुनुका साथै त्यस्तो घटना भए अनुसन्धानमा सहज हुने आचार्यले बताए ।