२०८३ बैशाख ६ गते , आईतबार
लागूऔषधसहित ३ जना पक्राउ
बिर्तामोड । मोरङको धनपालथान गाउँपालिका २ बाट लागूऔषध गाँजासहित ३ जना पक्राउ परेका छन । प्रहरीले पक्राउ परेकाहरुको साथबाट ३ केजी १०५ ग्राम गाजा बरामद गरेको जनाएको छ ।
आईतवार बेलुका सवा ३ बजे प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा धनपालथान २ बरियाती टोलका ४० बर्षीय बसन्त पासवान, सुनसरी धरान १६ का ३६ बर्षीय रविन राई र २९ बर्षीय वचन राईलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कार्यालयका अनुसार उनीहरुको साथबाट नगद २० हजार ५ सय रुपैया र प्रदेश १-०२०-०४५ प २६९९ नम्बरको मोटरसाईकल बरामद भएको छ।
अवैध लागूऔषध गाँजा सहित पक्राउ परेका तीनै जनालाई सम्मानित मोरङ जिल्ला अदालतबाट लागूऔषध कसूरमा म्याद थप गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।