२०८३ बैशाख ६ गते , आईतबार

करेन्ट लागेर प्रधानाध्यापकको मृत्युु

sajilo news
परिवेश मिडिया
२०७८ पौष २७ गते , मंगलबार
करेन्ट लागेर प्रधानाध्यापकको मृत्युु

तेह्रथुम । तेह्रथुमको फेदाम गाउपालिका १ का ५२ बर्षीय अम्बरबहादुर बस्नेतको घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । 
सोमबार दिउँसो १२ बजे छिमेकी नन्दबहादुर बस्नेतको खेतमा रहेको पटमेरोको रुखमा हाँगा झार्ने क्रममा हाईटेन्सन लाईनको तारमा हाँगा अल्झिएर कटेन्ट लाग्दा बास्नेतको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 
मृतक बस्नेत स्थानीय महाकाली माविको प्रधानाध्यापकको रुपमा कार्यरत थिए । घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट थप अनुसन्धान भैरहेको बताइएको छ।

सम्बन्धित समाचार