२०८३ आश्विन १७ गते , शनिबार

प्रदेश १ मा थपिए २९२ कोरोना संक्रमित, १ को मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ पौष ३० गते , शुक्रबार
प्रदेश १ मा थपिए २९२ कोरोना संक्रमित, १ को मृत्यु

बिर्तामोड । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट २५० जना र एण्टीजेन परीक्षणबाट ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ५७५ जनाको पीसीआर परीक्षण गर्दा २५० जनामा पोजेटिभ देखिएको छ । झापाका ३३, मोरङका १३२, सुनसरीका ६७, उदयपुरका २ जना, भोजपुर र धनकुटाका १÷१ जनामा पीसीआर पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेशभर हालसम्म ४६ हजार ३२४ जना महिलासहित १ लाख ५ हजार ९९१ जनामा संक्रमण पुष्टि भइसकेको छ । सक्रिय संक्रमितको संख्या ७९४ जना पुगेको छ भने २ हजार ३९ जनाको मृत्यु भइसकेको छ ।

 

सम्बन्धित समाचार