२०८३ बैशाख ६ गते , आईतबार

राष्ट्र बैंकले चुच्चे नक्सा राखेर चलनचल्तीमा ल्यायो दुई रुपैँयाको सिक्का

sajilo news
परिवेश मिडिया
२०७८ पौष ३० गते , शुक्रबार
राष्ट्र बैंकले चुच्चे नक्सा राखेर चलनचल्तीमा ल्यायो दुई रुपैँयाको सिक्का

राष्ट्र बैंकले चुच्चे नक्सा राखेर चलनचल्तीमा ल्यायो दुई रुपैँयाको सिक्का

काठमाडौं नेपाल राष्ट्र बैंकले नेपालको चुच्चे नक्सा अंकित रुपैयाँको नयाँ सिक्का आजबाट चलनचल्तीमा ल्याएको

लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सासहित सिक्का जारी भएको यो पहिलोपटक हो

सिक्काको अग्रभागमा सात प्रदेशको सिमाना सहितको चुच्चे नक्सा नक्साको ठीक माथिपट्टि दायाँतर्फ फरक क्षमता भएका दृष्टिविहीनहरुले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला रहेका छन्

वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरु रहेका छन् सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Rs. Two   तल्लो भागमा देवनागरी लिपिमा रुपैयाँ लेखिएको

सिक्काको पृष्ठभागमा पनि वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरु रहेका छन् आठ थोप्ला सहितको वृत्ताकार चित्र सोभित्र वर्गाकार आकृतिको बाहिरपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, शंख, पद्म, गदाको आकृति रहेका छन्

सिक्काको बीच भागमा जानकी मन्दिरको आकृति सो आकृतिको मुनि देवनागरी लिपिमा जानकी मन्दिर लेखिएको

सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल तल्लो भागमा २०७७ लेखिएको

सम्बन्धित समाचार