२०८३ बैशाख ६ गते , आईतबार

२८ जिल्लाका भूमि आयोग अध्यक्ष सबै पुरुष, झापामा तिलकसिंह पाण्डे

sajilo news
परिवेश मिडिया
२०७८ माघ १ गते , शनिबार
२८ जिल्लाका भूमि आयोग अध्यक्ष सबै पुरुष, झापामा तिलकसिंह पाण्डे

काठमाडौँ सरकारले २८ वटा जिल्लामा राष्ट्रिय भूमि आयोगका जिल्ला समितिहरू गठन गरेको मन्त्रिपरिषद्को निर्णयअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरी २८ जिल्ला समितिका अध्यक्षहरूलाई नियुक्ति पत्र दिएको हो आयोगको झापा जिल्ला अध्यक्षमा तिलकसिंह पाण्डेले जिम्मेवारी पाएका छन् आयोगका २८ वटै जिल्ला अध्यक्षहरु पुरुष रहेका छन्  

पहिलो चरणमा २८ जिल्लामा समितिका अध्यक्षहरू नियुक्त भएका सरकारका एक मन्त्रीले जानकारी दिए मन्त्रिपरिषद्को अघिल्लो बैठकले नै त्यसबारे निर्णय गरेको थियो तर, नियुक्तिका विषयमा सत्ता गठबन्धनसम्बद्ध दलहरूबीच भागबन्डा नमिल्दा नियुक्ति प्रक्रियामा ढिलाई भएको हो त्यहीकारण यसबारेको निर्णय समेत सरकारले सार्वजनिक गरेको छैन गठबन्धनभित्रको झमेलाकै कारण आयोग गठन भएको महिनापछि बल्ल जिल्ला समिति विस्तारको काम सुरू भएको हो आयोगले हाल २७ जिल्लामा भूमिहीन दलित भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने प्रक्रिया अघि बढाएको ती जिल्लाका ६८ स्थानीय तहमा जग्गा वितरण गर्ने प्रक्रिया नै अघि बढाइसकेको

सरकारले गत ३० भदौमा अध्यक्ष देवी ज्ञवाली नेतृत्वको सुकुम्बासी समस्या समाधान आयोग खारेज गर्दै राष्ट्रिय भूमि आयोग गठन गरेको थियो आयोगको अध्यक्षमा केशव निरौला उपाध्यक्षमा नहेन्द्र खड्का नियुक्त भएका थिए

मन्त्रिपरिषद्ले ताप्लेजुङमा कृष्णकुमार बस्नेतइलाममा भरत बहादुर खत्री, ओखलढुंगामा अशोककुमार कार्की, पाँचथरमा दिनेशकुमार लावती, सुनसरीमा भगिरत खात्वे, भोजपुरमा दिलकुमार राई, काभ्रेमा हरिबहादुर केसी, धादिङमा कृष्णप्रसाद अर्याल, तनहुँमा रामचन्द्र अधिकारी, कास्कीमा गंगाप्रसाद पोखरेल, बागलुङमा धर्मबहादुर कुँवर, लमजुङमा दामोदर अधिकारीरुपन्देहीमा हरिबहादुर आचार्य, अर्घाखाँचीमा यादव घिमिरे, गुल्मीमा राम मल्ल ठकुरी, प्यूठानमा इमानसिंह खड्कासुर्खेतमा श्रीधर पौडेल, दैलेखमा नयराम थापा, डडेलधुरामा शेरबहादुर भण्डारी, कञ्चनपुरमा देवेन्द्रराज ढुंगाना उदयपुरमा बलबहादुर तामाङलाई अध्यक्षको जिम्मेवारी दिएको

 

सम्बन्धित समाचार