२०८३ बैशाख ६ गते , आईतबार

झापामा अवैध काठ तथा माछा बरामद

sajilo news
परिवेश मिडिया
२०७८ माघ २ गते , आईतबार
झापामा अवैध काठ तथा माछा बरामद

बिर्तामोड । प्रहरीले बुद्धशान्तिबाट अवैध काठ बरामद गरेको आइतबार गते बुद्धशान्ति दामाखोलाबाट ४७ क्युविक फिट काठ बरामद गरेको प्रहरीले जनाएको

आइतबार दिउँसो १२ बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले उक्त बेवारिसे सखुवाको काठ बरामद गरी रोङ सव डिभिजन वन कार्यालय इलामलाई बुझाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता वसन्त पाठकले जानकारी दिए

आइतबार नै प्रहरीले झापा गौरादह नगरपालिका वडा नम्बर बाट १६ कार्टुन माछा बरामद गरेको भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेको एकलाख ९२ हजार बराबरको माछा प्रहरीले बरामद गरेको पाठकले जानकारी दिए

आइतबार विहान बजे गौरादह वडा नम्बर सहिद गेट अगाडी मे ३६३२ नम्बरको छोटा हात्तीमा ल्याउँदै गरेको माछा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको प्रहरीले जनाएको

सम्बन्धित समाचार