२०८३ आश्विन १७ गते , शनिबार

सत्तारुढ राजनीतिक समन्वय समितिको बैठक

sajilo news
परिवेश मिडिया
२०७८ माघ ४ गते , मंगलबार
सत्तारुढ राजनीतिक समन्वय समितिको बैठक

काठमाण्डौ । बालुवाटारमा सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बसेको छ । बैठकमा स्थानीय तहको निर्वाचन मिति घोषणालगायत विषयमा छलफल भएको छ ।

छलफलमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू सहभागी छन् । सत्तागठबन्धनका ५ दलबाट राजनीतिक समन्वय समितिमा ११ जना सदस्य छन् ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलगायत शीर्ष नेताहरू बैठकमा सहभागी छन् ।

समन्वय समिति संयोजक कांग्रेस नेता रामचन्द्र पौडेल छन्। दुई महिनाको अन्तरमा संयोजक परिवर्तन गर्ने सहमतिअनुसार समिति बनेको थियो ।

आजको बैठकमा संघीय संसद सुचारू गर्ने र माघ १२ मा हुने राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धनका रणनीतिबारे पनि छलफल हुने स्रोतले जनाएको छ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले लामो समयदेखि संघीय संसद अवरूद्ध गर्दै आएको छ।

सम्बन्धित समाचार