२०८३ बैशाख ६ गते , आईतबार

सिटामोल लुकाउनेलाई जरिवाना, १५ लाख सिटामोल बजार पठाइँदै

sajilo news
परिवेश मिडिया
२०७८ माघ ५ गते , बुधबार
सिटामोल लुकाउनेलाई जरिवाना, १५ लाख सिटामोल बजार पठाइँदै

काठमाडौं सिटामोल लुकाउने फार्मेसीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवाना गरेको बजारमा अभाव भएको भन्दै बिरामी ग्राहकलाई सिटामोल बिक्री नगर्ने गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रलाई सातदोबाटोलाई १० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको

विभागको छड्के कारवाही क्रममा ग्राहकलाई सिटामोल छैन भनेको फार्मेसीको गोदामा भने सिटामोल भेटिएको विभागका निरिक्षण अधिकृत धनेश्वर पौडेलले बताए केही दिनदेखि बजारमा सिटामोलको माग उच्च भएपछि फार्मेसीले छैन भन्दै ग्राहक फर्काउन थालेका रहेछन्,’ पौडेलले भने, ‘तर, गोदाममा भने सिटामोल भेटियो

कोरोना संक्रमण बढेका बेला सिटामोल अभाव देखिएको विभागले भने आपूर्ति चक्रमा केही समस्या भएका कारण केही स्थानमा सिटामोल अभाव भएको बताएको उत्पादक कम्पनीहरुले हालै करोड ८० लाख ट्याबलेट सिटामोल बजार पठाएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए

नेपालमा एक सरकारीसहित १९ वटा कम्पनीले सिटामोल उत्पादन गर्छन् ढकालका अनुसार उत्पादकसँग १५ लाख ट्याबलेट करोड ५२ लाख ट्याबलेटका लागि कच्चा पदार्थ मौज्दात रहेको जानकारी उत्पादकले दिएका छन्

विभागमा बुधबार भएको छलफलमा सबै उत्पादकहरुले सिटामोल उत्पादन पूर्ण क्षमतामा थाल्न सहमत भएकाले बजारमा सिटामोल अभाव नहुने महानिर्देशक ढकालले दाबी गरे

छलफलमा सरकारी स्वमित्वको नेपाल औषधि लिमिटेडसहितका उत्पादकले मौज्दातमा रहेको १५ लाख ट्याबलेट सिटामोल दुई दिनमा बजार पठाउने प्रतिबद्धता जनाएका छन्

नेपाल औषधि लिमेटेडका महाप्रबन्धक मोहम्मद सफीउल्लाहका अनुसार कम्पनीले लाख ट्याबलेट सिटामोल दुई दिनमा बजारमा पठाउने गरी काम गरिरहेको प्रदेश सरकार केन्द्रिय सरकारको मागअनुसारको सिटामोल दिन कम्पनी तायार रहेको पनि उनले बताए

नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेयर श्रेष्ठका अनुसार सबै उत्पादक कम्पनीले आफूले सक्ने जति सिटामोल उत्पादन गर्न पनि सहमत भएका छन्

 

सम्बन्धित समाचार