२०८३ आश्विन १६ गते , शुक्रबार

इजरायलमा कामदार पठाउन सुरु, वुधबार ९९ जना उडे

sajilo news
परिवेश मिडिया
२०७८ माघ ६ गते , विहीबार
इजरायलमा कामदार पठाउन सुरु, वुधबार ९९ जना उडे

काठमाण्डौ । आकर्षक श्रम गन्तव्यको रुपमा रहेको इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएकाहरुमध्ये पहिलो चरणमा ९९ जना त्यसतर्फ प्रस्थान गरेका छन् ।  उनीहरुलाई वुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रममन्त्री किसन श्रेष्ठले  बिदाइ गरे । सरकार–सरकार (जिटुजी) प्रक्रियामार्फत उनीहरु इजरायल प्रस्थान गरेका हुन् ।

मन्त्रालयका अनुसार ६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन् । इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन् । यसपछि माघ १५ र १६ गतेका दिन दुई उडान हुनेछ ।

वैदेशिक रोजगार विभागले गत कात्तिकमा पाँच सय र मङ्सिरमा छ सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । छनोटमा परेका एक हजार एक सय ७५ मध्ये आठ सय २१ महिला र तीन सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो ।

 

सम्बन्धित समाचार