२०८३ आश्विन १६ गते , शुक्रबार

गीत

sajilo news
परिवेश मिडिया
२०७८ माघ १६ गते , आईतबार
गीत

गीत

दिलको चोट दिलैमा छ कसैलाई दिन्न ।

त्यसैले म देखिँदैछु अरु भन्दा भिन्न ।

 

चोइटिएको कलेजीमा बेदनाले जलिरह्यो

धरहरा बिश्वासको छिनमै फेरि ढलिरह्यो

नरोकिँदा अश्रुधारा मन भयो खिन्न ।

त्यसैले म देखिँदैछु अरु भन्दा भिन्न ।

 

ऐना हेर्दा तिम्रै बिम्ब देखिराछु आँखाभरि

चोइटिएको कलेजीमा बेदनाले जलिरह्यो

तिम्रै नाम कोरिसकें मुटुमै छ चिन्न ।

त्यसैले म देखिँदैछु अरु भन्दा भिन्न ।

मोहन अर्याल 'परन्तु’ कोल्बुङ्ग ४ इलाम, हाल बिर्तामोड ४, कालिकानगर झापा

सम्बन्धित समाचार