२०८३ बैशाख ६ गते , आईतबार

मनमोहनले दियो बिरामीलाई करोड बढी छुट

sajilo news
परिवेश मिडिया
२०७८ माघ १८ गते , मंगलबार
मनमोहनले दियो बिरामीलाई करोड बढी छुट

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको मनमोहन सामुदायिक अस्पतालले विरामीलाई करोड बढी छुट दिएको छ । अस्पतालले विपन्न तथा गरिब बिरामीलाई बार्षिक एक करोड बढी छुट दिने गरेको जनाएको छ ।

मनमोहनले आर्थिक बर्ष ०७६/७७ मा १ करोड ३१ लाख ५६४ रुपैँया छुट दिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष नरेश खरेलले जानकारी दिए । खरेलकाअनुसार अस्पतालले गत आर्थिक बर्षमा १ करोड ९ लाख ९४ हजार १२ रुपैँया छुट दिएको छ । चालु आवको पुष मसान्तसम्ममा मात्रै अस्पतालले ६१ लाख ७४ हजार ६०६ रुपैँया छुट गरेको अस्पताल व्यवस्थापन समितिका सचिव रोमणी भट्टराईले बताए । शेयर सदस्यको लगानीमा सामुदायिक स्तरबाट सञ्चालित अस्पताल भएकाले सेयरधनीलाई छुट दिइने र धेरै जसो विपन्न परिवारका विरामीहरुलाई छुट दिइएको उनले बताए । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका बिरामीहरु, आफन्त पहिचान हुन नसकेकाहरु, विभिन्न संघसंस्था, सहकारी, वन उपभोक्ता समितिहरुको सिफारिसका आधारमा बिरामीहरुलाई छुट दिइने गरेको व्यवस्थापन समिति सदस्य बुद्धिप्रसाद भट्टराईले जानकारी दिए ।

विशेषज्ञ सुविधासहित १०० शैया क्षमतामा सञ्चालित मनमोहन अस्पताल व्यवसायिक भन्दा सेवामुखी भएर सञ्चालित अस्पताल भएको अध्यक्ष खरेलले बताए । अन्य अस्पतालको तुलानामा अत्यन्तै न्यून मुल्यमा उपचार गरिने र अस्पतालको सेवा गुणस्तरीय भएका कारण बिरामीहरु आउने गरेको उनको भनाई छ ।

 

सम्बन्धित समाचार