२०८३ आश्विन १७ गते , शनिबार

युट्युवर कुट्ने मेनपावरका संचालक ठगी आरोपमा पक्राउ

sajilo news
परिवेश मिडिया
२०७८ माघ २१ गते , शुक्रबार
युट्युवर कुट्ने मेनपावरका संचालक ठगी आरोपमा पक्राउ

काठमाण्डौ । काठमाण्डौको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिका संचालक भीम गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङलाई वैदेशिक रोजगारीमा जानेहरुबाट ठगी गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘मार्शल टोली’ ले बिहीबार गुरुङलाई पक्राउ गरेको हो ।

संयुक्त अरब इमिरेट्स (युएई)को ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर भिजिट भिसामा युएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको हो ।

केहि दिन अघिमात्र उक्त म्यानपावर कम्पनीमा पीडितसँग भिडियो खिच्न गएका सञ्चारकर्मीहरूमाथि सांघातिक आक्रमण भएको थियो । आक्रमणमा परि तीन जना घाइते भएका छन् । पक्राउ परेका गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा लगिएको छ ।

 

सम्बन्धित समाचार