२०८३ आश्विन १७ गते , शनिबार

स्थापना दिवसमा प्रेस चौतारी झापाद्वारा आचारसंहिता सम्बन्धी अन्तरक्रिया

sajilo news
परिवेश मिडिया
२०७८ माघ २३ गते , आईतबार
स्थापना दिवसमा प्रेस चौतारी झापाद्वारा आचारसंहिता सम्बन्धी अन्तरक्रिया

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले स्थापना दिवसको अवसरमा पत्रकारिता आचारसंहिता सम्बन्धी अन्तरक्रिया गरेको छ ।

२४ औं स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा आचारसंहिता विषयक अन्तरक्रियामा प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेलले सहजीकरण गरेका थिए । उनले पत्रकारितामा पालना गर्नुपर्ने आचारसंहिताका बारेमा चौतारीमा आवद्ध सदस्यह?लाई सहजीकरण गरेका हुन् । कार्यक्रममा सहभागीहरुले राखेको जिज्ञासामा पोखरेलले स्पष्ट बनाएका थिए । आचारसंहिता पालना गरेर मात्रै पत्रकारिता गर्न उनको सुझाव थियो ।   

सो कार्यक्रममा प्रेस चौतारी नेपालको स्थापनादेखि हालसम्मको अवस्थाका बारेमा संगठनका केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष गोपाल काफ्लेले प्रकाश पारेका थिए ।

प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षता र उपाध्यक्ष प्रदीप परियारले स्वागत गरेको कार्यक्रममा केन्द्रीय सदस्य सन्तोष आचार्य, पार्टीका प्रदेश कमिटी सदस्य सोमनाथ पोर्तेल र बिर्तामोड उध्योग वाणिज्य संघका महासचिव अर्जुन मैनाली लगायतले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।  

सम्बन्धित समाचार