२०८३ बैशाख ६ गते , आईतबार

फागुन १ बाट विद्यालय खुलाउन सीसीएमसीसीको सिफारिस

sajilo news
परिवेश मिडिया
२०७८ माघ २३ गते , आईतबार
फागुन १ बाट विद्यालय खुलाउन सीसीएमसीसीको सिफारिस

काठमाडौँ । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेदेखि विद्यालयमा भौतिक रुपमा पठनपाठन गराउन सरकालाई सिफारिस गरेको छ ।
सीसीएमसीसीको आइतबारको बैठकले विद्यालय खोल्ने निर्णय गर्दै कार्यान्वयनका लागि सरकारलाई सिफारिस गरेको सचिव रामप्रसाद थपलियाले जानकारी दिए । कोभिड तेस्रो लहरका कारण माघको पहिलो सातादेखि विद्यालय बन्द छन् ।
पहिलो चरणमा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको थियो । त्यसपछि सीसीएमसीसीकै सिफारिसमा माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय सरकारले गरेको थियो । तर, देशभरका थुप्रै स्थानीय तहले सरकारको निर्णय अवज्ञा गर्दै विद्यालय खोल्ने निर्णय गरेका थिए ।
सरोकारवालाहरुले पनि विद्यालय खोल्न सरकारलाई आग्रह गर्दै आएका छन् ।

सम्बन्धित समाचार