२०८३ बैशाख ५ गते , शनिबार

दूधको मूल्य १० रुपैँया बढाउने निजी डेरीहरुको घोषणा

sajilo news
परिवेश मिडिया
२०७८ माघ २८ गते , शुक्रबार
दूधको मूल्य १० रुपैँया बढाउने निजी डेरीहरुको घोषणा


काठमाडौं निजी क्षेत्रका दूध बिक्री गर्ने उद्योग (डेरी) हरुले दूधको मूल्य लिटरमा १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका छन्

शुक्रबार नेपाल डेरी एसोसियसन डेरी उद्योग संघले संयुक्त पत्रकार सम्मेलन गर्दै दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर ८६ रुपैयाँ कायम गरेको जानकारी दिएको हो

सरकारी स्वमित्वको डीडीसीले वृद्धि गरेको दूधको मूल्य स्वीकार्न नसकेर नयाँ मूल्य घोषणा गरेको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले बताए

यसअघि स्ट्यान्डर्ड प्रशोधित दूधको प्रतिलिटर बजार मूल्य ७६ रुपैयाँ थियो भने ५०० एमएलको एक प्याकेटको मूल्य ३८ रुपैयाँ थियो अब पाँच सय एमएलको एक प्याकेटको खुद्रा बिक्री मूल्य ४३ रुपैयाँ कायम भएको छ।

अब किसानले पाउने मूल्य प्रतिलिटर ५३ रुपैयाँ ४५ पैसाबाट बढाएर ६२ रुपैयाँ कायम गरिएको पनि निजी डेरीले जनाएका छन् यस्तो मूल्यको दूधमा प्रतिशत फ्याट प्रतिशत एसएनएफको गुणस्तर हुनुपर्छ बढेको मूल्य फागुन एक गतेदेखि लागू हुनेछ

 

सम्बन्धित समाचार