२०८३ बैशाख ६ गते , आईतबार

कांग्रेस इलामले धर्मगुरु लिङ्देनलाई अभिनन्दन गर्ने

sajilo news
परिवेश मिडिया
२०७८ माघ २८ गते , शुक्रबार
कांग्रेस इलामले धर्मगुरु लिङ्देनलाई अभिनन्दन गर्ने


इलाम किरात धर्मगुरु आत्मानन्द लिङदेन लिङ्देनपत्नी साँवा पवित्रहाङमा लिङदेनलाई नेपाली कांग्रेसले अभिनन्दन गर्ने भएको धर्मगुरु लिङदेन दम्पतीलाई कांग्रेस इलामले आगामी फागुन गते माङसेबुङ गाउँपालिका स्थित लारुम्बामा अभिनन्दन गर्न लागेको हो

धर्मगुरुको ६८ औं नुमाङगेन्ना तथा धर्मगुरुपत्नीको ६६ औं जन्मोत्सवको अवसरमा अभिनन्दन गर्न लागिएको कांग्रेस इलामका सभापति डम्बर खड्काले जानकारी दिए विश्व शान्ति, मानव एकता, मानवप्राणी एवम् सृष्टि जगतकै रक्षाको लागि महान् अभियान संचालन गरी मानवमा उच्च चेतना जगाई समाज रूपान्तरणको कार्यमा किरात धर्म, संस्कृति, भाषा, लिपी साहित्यको प्रचार प्रसारमा र्पुयाएको योगदानको कदर गर्दै अभिनन्दन गर्न लागिएको खड्काले बताए

किरात धर्मको संरक्षण संवद्र्धन प्रचारप्रसारमा सहयोग गर्ने प्रतिवद्धतासहित कांग्रेसले धर्मगुरुलाई अभिनन्दन गर्न लागेको खड्काको भनाई माङसेबुङ गाउँपालिका इभाङमा १८ मंसिर २०११ जन्मिएका  धर्मगुरु लिङदेनले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको अधुरो कार्यलाई पूर्णता दिने भन्दै धार्मिक, साँस्कृतिक तथा सामाजिक रुपान्तरणमा अभियान चलाइरहेका छन् । उनलाई सत्य, शान्ति र अहिंसाका उपासकका रुपमा किरात धर्मावलम्बीहरुले मान्ने गरेका छन् ।

सम्बन्धित समाचार