२०८३ आश्विन १७ गते , शनिबार

कोरोना संक्रमण घट्दै, संक्रमित संख्या हजारभन्दा कम

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन १ गते , आईतबार
कोरोना संक्रमण घट्दै, संक्रमित संख्या हजारभन्दा कम


विराटनगर । केहि दिनयता कोरोना संक्रमण घट्दै गएको छ । दैनिक संक्रमितको संख्या एक हजारभन्दा तल झरेको छ ।

पछिल्लो २४ घण्टामा ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ६५४ जनामा गरिएको नमूना परीक्षणमा ८३६ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा एक हजार ८२६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा २ लाख ८८ हजार ८३७ जनाले कोरोना संक्रमण वि?द्धको खोप लगाएका छन् भने देशभर २६ हजार १०२ जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित समाचार