२०८३ आश्विन १७ गते , शनिबार

नेपाल टेलिकमले ल्यायो ‘भ्यालेन्टाइन अफर’

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन २ गते , सोमबार
नेपाल टेलिकमले ल्यायो ‘भ्यालेन्टाइन अफर’


काठमाण्डौ । फेब्रुअरी १४ अर्थात प्रणय दिवसको अवसरमा नेपाल टेलिकमले ‘भ्यालेन्टाइन डे’ अफर ल्याएको छ । यो अवसरमा टेलिकमले ग्राहकका लागि अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर ल्याएको हो । 

यो अफर आज दिनभर उपलब्ध हुनेछ । जसअन्तर्गत  ४९ रुपैयाँमा एक एमबिपिएस अनलिमिटेड डेटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा ‘डे कम्बो अफर’ उपलब्ध हुने छ ।

यो सेवा *१४१५*११#  डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।

यसैगरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको छ ।

सोही अवसरमा फागुन २ गते एमपोसबाट गरिने २०० रुपैयाँदेखि ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा बोनसका रुपमा निःशुल्क उपलब्ध हुनेछ । 

 

सम्बन्धित समाचार