२०८३ बैशाख ६ गते , आईतबार

एमाललेले सांसदलाई खाली कागजमा हस्ताक्षर गरायो, ५ सांसदद्वारा अस्वीकार

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन २ गते , सोमबार
एमाललेले सांसदलाई खाली कागजमा हस्ताक्षर गरायो, ५ सांसदद्वारा अस्वीकार

काठमाण्डौ नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पाँचजना न्यायाधीसलाई महाअभियोग प्रस्ताव सभामुख हटाउने प्रस्तावका लागि खाली कागजमा हस्ताक्षर गरेको बताए सोमबार बसेको एमाले संसदीय दलको बैठकले महाअभियोगको सम्पूर्ण म्यान्डेट नेतृत्वलाई नै दिएको उनले बताए

वटा खाली कागजमा हस्ताक्षर गरेर संसदीय दलमा बुझाएका छौं, उहाँहरूले कहिले महाअभियोग प्रस्ताव ल्याउने भन्ने निर्णय गर्नुहुनेछ,’ बस्नेतले भने प्रमुख प्रतिपक्ष नेकपा (एमाले) संसदीय दलको बैठकमा पाँच सांसदले भने खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् सांसदहरू भीमबहादुर रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपटबहादुर रावल दीपकप्रकाश भट्टले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन्

संघीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको संसदीय दलको बैठकमा चार फाइलमा राखिएका खाली कागजमा छुट्टाछुट्टै हस्ताक्षर गराइएको थियो ती कागजमा हस्ताक्षर गर्न रावलले लिखितरूपमा नै असहमति राखेका थिए अन्य चार सांसदले पनि त्यसमा मौखिक कुरा राख्दै हस्ताक्षर गर्न अस्वीकार गरेका थिए

चारवटा फाइलमा छुट्टाछुट्टै हस्ताक्षर गराउन खाली कागज ल्याइएको थियो के प्रयोजनका लागि हो भन्ने थाहा नपाई हस्ताक्षर गरिएन,’ झपट रावलले भने

एमाले प्रमुख सचेतक विशाल भट्टराईले त्यसरी हस्ताक्षर गराइएको नेतृत्वले सोच विचार गरेर त्यसको प्रयोग गर्ने जानकारी दिएका थिए उनले न्यायाधीशहरूलाई महाअभियोग लगाउने लगायतका विषयमा छलफल भएको त्यसमा विचार गरेर निर्णय हुने बताएका थिए

सांसदहरूले भने प्रतिशोधको राजनीति गर्न नहुने भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् झपट रावलले भने, ‘मैले प्रस्ट के भनेको छु भन्दा प्रतिशोधको राजनीति गर्ने होइन महआभियोगको सट्टा महाअभियोग होइन जनताका बीचमा गएर जे भन्नुपर्ने हो भन्ने हो हामी अनिर्णयको बन्दी बन्ने होइन जनताले सुन्ने, बुझ्ने अनुभूति गर्ने गरी हामी जाने हो

   

सम्बन्धित समाचार