२०८३ आश्विन १७ गते , शनिबार

साहित्यकार तारानाथ शर्माको निधन

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन ३ गते , मंगलबार
साहित्यकार तारानाथ शर्माको निधन

बिर्तामोड । साहित्यकार तारानाथ (ताना) शर्माको निधन भएको छ । ८७ बर्षीय शर्माको मंगलबार बिहान आफ्नै घरमा निधन भएको हो ।

शर्मालाई मुटु रोग, रक्तचापलगायत समस्या थिए । मदन पुरस्कार पुस्तकालयले उनको निधनप्रति श्रद्धान्जली व्यक्त गरेको छ ।

शर्माले २०२६ सालमा  मदन पुरस्कार पाएका थिए । ‘बेलाइततिर बरालिँदा’ कृतिका लागि उनलाई मदन पुरस्कार दिइएको हो ।

शर्माले नेपाली साहित्यमा झर्रोवादी आन्दोलन थालेका थिए ।

शर्माका समालोचना, उपन्यास, निबन्ध, नियात्रा, साहित्यिक इतिहास लगायतका कृतिहरू प्रकाशित छन् ।

घोत्ल्याइँहरू ९२०२१०, भानुभक्तदेखि तेस्रो आयामसम्म ९२०२७०, सम र समका कृति ९२०२९० उनका चर्चित समालोचना कृतिहरू हुन् ।

सम्बन्धित समाचार