२०८३ बैशाख ६ गते , आईतबार

एमसीसीको विरोध गर्दै झापामा बिरोध र्याली

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन ४ गते , बुधबार
एमसीसीको विरोध गर्दै झापामा बिरोध र्याली

बिर्तामोड एमसीसी प्रतिनिधि सभामा टेबल गर्न लागिएको बिरोधमा नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी वाइसीएल नेपालले बिरोध र्याली गरेको बिर्तामोड परिक्रमा पछि र्याली मुक्तिचोकमा कोण सभामा परिणत भएको थियो

कोण सभामा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कुमार आचार्यले सडक सदनबाट आन्दोलनको आँधी ल्याउने बताउँदै एमसीसी रोक्न लागि पर्ने एकमात्र नेता प्रचण्ड भएको बताए अर्का केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने (सरु) ले सहयोग आवश्यक भए नभएको छुट्याउने अधिकार नेपालको भएको बताइन अनेरास्ववियु प्रदेश कि उपाध्यक्ष मनिषा आचार्यले एमसीसी घातक भएको लिन नहुने धारणा ब्यक्त गरिन

र्यालीमा सहभागीले गो व्याक एमसीसी, नो एमसीसी, राष्ट्रीय स्वाधिनताको रक्षा गरौँ, अमेरिकन साम्राज्यवाद मुर्दावाद भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए  

सम्बन्धित समाचार