२०८३ बैशाख ६ गते , आईतबार
एमसीसीको विरोध गर्दै हिँडेका बन्दकर्ता साँझपख छुटे
बिर्तामोड । वुधबार बन्द गराउँने क्रममा पक्राउ परेका बन्दकर्ता साँझमा छुटेका छन् । प्रहरीले झापाका विभिन्न स्थानबाट पक्राउ गरेको ६ जना बन्दकर्तालाई बेलुका ६ बजे छाडेको हो ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नेकपा माओवादी विप्लव समूहका मेचीनगर ६ प्रगती टोलका ४२ बर्षीय हितबहादुर परियार र इलाका प्रहरी कार्यालय अनारमनीले वैज्ञानिक समाजवादी पार्टीका कन्काई ७ बस्ने ३६ बर्षीय सकल लिम्बू, ३३ बर्षीय पर्वत कडरिया र बुद्धशान्ति ३ का ४८ बर्षीय मोहन लकान्द्री लाई पक्राउ गरेको थियो । त्यस्तै इलाका प्रहरी कार्यालय वुधबारेले नेकपा माओवादी विप्लव समूहका वुद्धशान्ति ३ का २६ बर्षीय रिवाल ल्वागुन र ४४ बर्षीय दिनेश निरौलालाई पक्राउ गरेको थियो ।