२०८३ बैशाख ६ गते , आईतबार

एमसीसीको बिषयमा छलफल गर्न गठबन्धनको बैठक बस्दै

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन ५ गते , विहीबार
एमसीसीको बिषयमा छलफल गर्न गठबन्धनको बैठक बस्दै


काठमाडौं अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ बैठक दिउँसो तीन बजे बस्न लागेको हो

शुक्रबार प्रतिनिधिसभामा एमसीसी पेश गर्ने तयारी भएकाले साझा धारणा बनाउने प्रयासमा गठबन्धनको बैठक बस्न लागेको हो

बुधबारकै संसद बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी थियो तर दलहरुबीच सहमति कायम हुन नसकेको भन्दै त्यसलाई स्थगित गरिएको थियो

प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको भेटवार्तामा एमसीसी संसदमा पेश गर्नुभन्दा अघि गठबन्धनको बैठक बोलाउने सहमति भएको थियो त्यसैले आजको गठबन्धनको बैठक एमसीसीको सम्बन्धमा निर्णायक हुनसक्ने अनुमान

माओवादी केन्द्रले एमसीसीलाई जबरजस्ती अघि बढाए गठबन्धन तोडिने चेतावनी दिएको माओवादी केन्द्रले हिजो एमसीसीको विरोधमा आफ्ना भ्रातृ संगठनहरुलाई नयाँबानेश्वर क्षेत्रमा सडकमा उतारेको थियो

नेपाली कांग्रेस एमसीसी देशकै हितमा भएको भन्दै यसलाई जस्ताको तस्तै संसदबाट पारित गर्नुपर्ने पक्षमा तर माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी संशोधन विना यसलाई संसदमा लैजान नहुने अडानमा छन्

जनता समाजवादी पार्टी (जसपा) ले एमसीसीबारे पार्टीको आधिकारिक धारणा तय गरिसकेको छैन पार्टी अध्यक्ष उपेन्द्र यादव यस विषयमा मौन देखिएका छन् यद्यपि संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले भने एमसीसीको पक्षमा आफ्ना धारणा राख्दै आएका छन् सत्ता गठबन्धनको अर्को एक दल राष्ट्रिय जनमोर्चा भने एमसीसी खारेज गर्नुपर्ने पक्षमा

सत्ता गठबन्धनको आजको बैठकमा सहमति जुटाएर शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी

 

सम्बन्धित समाचार