२०८३ बैशाख ६ गते , आईतबार

 माओवादी केन्द्र भद्रपुरले शुरु गर्यो संगठन विस्तार तथा सुदृढिकरण अभियान

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन ५ गते , विहीबार
 माओवादी केन्द्र भद्रपुरले शुरु गर्यो संगठन विस्तार तथा सुदृढिकरण अभियान


भद्रपुर नेकपा माओवादी केन्द्र भद्रपुर नगर कमिटिले संगठन विस्तार तथा सुदृढिकरण अभियान शुरु गरेको नगर कमिटिले गाउँ गाउँमा सदस्यता विस्तारसँगै कमिटि गठन गर्ने कार्यलाई तिब्रता दिएको हो

नगर कमिटि अध्यक्ष शिव राजभण्डारीको अध्यक्षतामा हालै बसेको बैठकले वडा वडामा टोल कमिटि गठन गरी पार्टीसेल समितिसम्म संगठन विस्तार गर्ने निर्णय गरेको एक नेताले बताए पार्टीले अभियानकै रुपमा सदस्यता विस्तार गरी सदस्यता संख्या दोब्बर बनाउनेसमेत निर्णय गरेको

नगर कमिटिको बैठकले ढिलासुस्ती, भ्रष्टाचार, अनिर्णयकाबन्दीका कारण समस्या भोगिरहेका तथा लामो समय काम गरी योगदान गरेका कर्मचारी, मजदुरलाई विना कारण कामबाट अवकास दिने जस्ता खराव प्रवृत्तिको अन्त्य गर्न नगरस्थित सरकारी, गैर सरकारी तथा निजी प्रतिष्ठानहरुमा सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको नगर अध्यक्ष शिव राजभण्डारीले जानकारी दिए नगर कमिटिले भद्रपुर भन्सार मुआब्जा पिडित, सुकुम्बासी समस्या तथा नगरबासीको प्रत्यक्ष सरोकारसँठ जोडिएका शिक्षा, स्वास्थ्य, खानेपानी धारा, विजुली, बाटो निर्माण आदि समस्या समाधानका लागि नेतृत्व गर्ने निर्णय गरेको

नगर कमिटिले सामाजिक संस्कारका कामहरु, प्राकृतिक प्रकोप, मानवीय सेवाका कामहरु, स्वास्थ्य उपचारका काम आदिमा समाजसँगै एकाकार भएर सहयोग गर्नेसमेत निर्णय गरेको उनले राजभण्डारीले जानकारी दिए बैठकले सदस्यीय कार्यालय गठन गरेको भने २१ सदस्यीय नगर समिति सचिवालयसमेत गठन गरेको पार्टीले १० वटै वडाका इञ्चार्ज तथा सहइञ्चार्ज समेत तोकेको भने विभिन्न भातृ संगठनका संयोजकहरुको जिम्मेवारी बाँडफाँड गरेको वडा नम्बर देखि १० सम्म क्रमशः चन्द्र तामाङ, मानबहादुर तामाङ, विष्णु राई, दिलिप लिम्बू, डिल्ली रुचाल, निरबहादुर राजवंशी, केदार सुब्बा, भोला चम्लागाई, इन्द्र खवास अरविन्द अधिकारीलाई इञ्चार्जको जिम्मेवारी दिएको नगर सचिव हंशधर राजवंशीले जानकारी दिए

नगर कमिटिले फागुन १४ देखि २१ गते सम्म शहिल परिवार, जनयुद्धका घाइते, जेलबन्दी, बेपत्ता परिवार लगायतसँग भेटघाट, सम्मान अन्तरक्रिया गर्ने निर्णय गरेको सचिव राजवंशीले बताए

सम्बन्धित समाचार