२०८३ आश्विन १७ गते , शनिबार

अपहरित दुई बालबालिकाको बिर्तामोडबाट उद्वार

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन ७ गते , शनिबार
अपहरित दुई बालबालिकाको बिर्तामोडबाट उद्वार


बिर्तामोड । शुक्रबार प्रहरीले झापाको बिर्तामोडबाट दुई बालबालिकालाई उद्वार गरेको छ । रुपन्देहीबाट अपहरणमा परेका उनीहरुलाई पौने ३ बजे बिर्तामोडको बसपार्कबाट उद्वार गरेको हो ।

उनीहरु रुपन्देहीको सैनामैनाबाट अपहरणमा परेका थिए । बिहीबार बिहान विद्यालय जान घरबाट निस्केका उनीहरूलाई आफ्नै फुपाजुले फोटो खिच्ने बहानामा अपहरण गरेको प्रहरीले जनाएको छ । बिहीबार बिहान ९ बजेदेखि सम्पर्कविहीन भएका सैनामैना नगरपालिका ६ बस्ने पुष्पा दाहालकी छोरी र छोरालाई शुक्रबार दिउँसो रुपन्देही प्रहरीसँगको समन्वयमा झापाको बिर्तामोडबाट इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले उद्वार गरेको हो । प्रहरीले अभियुक्तको फोन ट्रेसिङ गरेर उनीहरु रहेको स्थान पहिचान गरेको थियो । उनीहरुलाई नेपालगञ्ज जाने बसमा चढेको अवस्थामा फेला पारिएको बताइएको छ ।

घटनामा संलग्न अभियुक्त खिमबहादुर पौडेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उद्वारपछि बालबालिका र अभियुक्त पौडेललाई रुपन्देही पठाइएको छ ।

सैनामैना ५ घमाहा खोला बस्ने खिमबहादुरसँग पारिवारिक विवाद भएका कारण उनले नै अपहरण गरेको भन्दै किटानी जाहेरी परेको थियो ।

 

सम्बन्धित समाचार