२०८३ आश्विन १६ गते , शुक्रबार

गीत

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन ७ गते , शनिबार
गीत

नजानेर हो कि या त भयो जानाजानी ।

यसो उसो गर्दा गर्दै बित्यो जिन्दगानी ।

 

कसले पो टिप्छ यहाँ ओइलिएको फूललाई

सुधार्नलाई पाइन्न कि अन्जानको भुललाई

आँखा भरि भेल बग्यो थोपा थोपा पानी ।

भिर पाखा धाउँदा धाउँदै बित्यो जिन्दगानी ।

 

कुल्चिएर हिँड्छन् सबै झरेका ती पातलाई

पाप लाग्ला बिपत्तिमा छोडिएका हातलाई

नहुँदामा चित्त बुझ्ने हुँदा छानी छानी ।

लेक बेंसी गर्दा गर्दै बित्यो जिन्दगानी ।

 

मोहन अर्याल ‘परन्तु’

बिर्तामोड ४, झापा

 

सम्बन्धित समाचार